‘गुलाबी’ को निर्देशन समुन्द्रले गर्ने

रंग नेपाल २०७९ असार ३० मा प्रकाशित

काठमाडौँ । निर्देशक समुन्द्र भट्टले ‘गुलाबी’ निर्देशन गर्ने भएकी छिन्। क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केही वर्ष पहिले ‘आधा पेज’ फिल्म निर्देशन गरेकी थिइन् ।

केही वर्षको अन्तरपछि भट्ट पुनः फिल्म निर्देशनमा फर्किने भएकी छिन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् ।

प्री प्रोडक्सनमा रहेको यो फिल्ममा हालै अभिनेता नाजिर हुसैनलाई अनुबन्ध गरिएको छ । नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन् । नाजिर बाहेक अन्य कलाकारहरुको टुंगो लाग्न बाँकी रहेको र केही कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट