किन रोकियो ‘प्रसाद २’को छायांकन ?

रंग नेपाल २०७९ असार ३० मा प्रकाशित

काठमाडौँ । छायांकनको सुरुवात हुने बेला फिल्म ‘प्रसाद २’ विवादमा तानिएको छ। फिल्मको लगानीकर्तासँगै कलाकारहरुबीच ‘रचनात्मक असमझदारी’ भएका कारण फिल्मको छायांकन सेटबाटै दुई मुख्य कलाकार काठमाडौं फर्किएका छन्।

बुधबारदेखि कास्कीको ल्वाङ गाउँबाट छायांकन सुरु हुन लागेको फिल्मको सेटबाटै अभिनेता विपीन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ बाहिरिएर काठमाडौं आएका छन्। फिल्मका निर्देशक सुदर्शन थापासहितको टोली पनि बिहीबार काठमाडौं फर्किने बताइएको छ।

धेरै पढिएका

पछिल्ला अपडेट