सारा भन्छिन्,’विजयसँग डेटिङ जान्छु’

रंग नेपाल २०७९ असार ३० मा प्रकाशित

काठमाडौँ, ३० असार । बलिउड एक्ट्रेस सारा अलि खान बेला बखतमा आफ्नो अभिव्यक्तिका कारण चर्चामा आउने गर्छिन् । बोल्ने शैली नजान्दा उनी विवादमा आउने गरेकी हुन् । कहिले उनलाई यसले फाइदा गराएको छ भने कहिले घाटा ।

हालै उनी करण जोहरको च्याट शो ‘कफी विथ करण’ को सातौँ सिजनमा सहभागी भइन् । उनलाई करणले सोधे,’तिम्रो एक्स किन एक्स छ रु’ यसको जवाफमा उनले भनिन्,’किन कि उनी धेरैको एक्स थिए ।’

यो संवाद सहितको शो प्रोमो यति बेला सामाजिक सञ्जालमा निकै हिट छ । यसको विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो प्रतिक्रिया दिइरहेका छन् । साराले आफू डेट जान मन लागेको केटाको रूपमा विजय देवरकोन्डाको नाम लिएकी छिन् । पछिल्लो समय लाइगर फिल्मको रिलिज तयारीमा रहेका विजय ‘अर्जुन रेड्डी’ मार्फत चिनिए ।

धेरै पढिएका

पछिल्ला अपडेट