चलचित्र ‘म’ को दुई पोस्टर सार्वजनिक

रंग नेपाल २०७९ असार ३१ मा प्रकाशित

काठमाडौँ । चलचित्र ‘म’ को दुई वटा पोस्टर सार्वजनिक भएको छ । पोस्टर कन्तिपुर फिल्म एकेडेमीको फेसबुक पेज मार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाईलीको वरीपरी कथा र अन्य पात्रहरु घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका एक्टीङ्ग स्टुडेन्ट हुन र उनको यो डेब्यु चलचित्र हो ।

निर्माण टिमले केही दिन अघी १ मिनेटको टिजर सार्वजनिक गरेको थियो । उक्त टिजरको आधारमा एक जना क्रीमीनल प्यासेन्ट भएर हस्पिटलमा एड्मीट हुन्छ र त्यसले त्यहाँबाट गर्ने कुनै ठुलै प्लानलाई अपरेसन गर्छ र त्यो को हो, के गर्छ र के का लागि गर्छ भन्ने पत्ता लगाउन सबै पात्रहरु लागेको अनुमान गर्न सकिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट