‘सम्झना बिर्सना’ आजबाट देशभर

रंग नेपाल २०७९ साउन १ मा प्रकाशित

काठमाडौँ । त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा उत्रिएको छ । आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा रहेको फिल्मले प्रदर्शनको पहिलो दिन देशभरका हलमा उत्साहजनक व्यापार गरेको जानकारी निर्माण पक्षले दिएको छ ।

निमेष प्रधानको लेखन र निर्देशनमा बनेको फिल्ममा दार्जिलिङ्गको चिया बगानमा कार्यरत मज्दुरको जीवनशैली,पीडा,समस्या र हकअधिकारको कुरालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधानको निर्माण रहेको फिल्ममा आकाश चियाबगानको मालिक र पूजा कर्मचारीको भूमिकामा छन् । उनीहरुबीचको सम्बन्ध, प्रेम र समग्र जीवनमा आउने उचातचढावलाई रोमान्चक तवरले केलाइएको फिल्ममा छुल्ठिम गुरुङ, सुनील थापा र शिसिर राणा पनि महत्वपूर्ण भूमिकामा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट