जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक

रंग नेपाल २०७९ साउन १ मा प्रकाशित

काठमाडौँ । जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ ।

गीतका एरेजर उदय राज पौडेल हुन् ।महिलाहरुको महान पर्व हरितालिका तिजमा मंहगीले नेपाली चेलीलाई पारेको प्रभावलाई चित्रण गरेको छ । ‘मंहगी ले मार्यो बरि लै ’ गीतलाई गायिका, मोडल तथा समाजेसेवी जेनिशा गौतमले निर्माण गरेकी हुन् । हाल जेनिशा अष्ट्रेलियामा बस्दै आएकी छिन् ।

उनि बिदेशमा रहेरमा पनि नेपाली गीतसंगीतमा टेवा पुर्याउदै आएकी छिन् । जेनीशा गौतम बिभिन्न गीतमा गायन तथा मोडलिङ्ग सहित कलाकारितामा परिचित छिन् । त्यस्तै सामाजिक एबम परोपकारी कार्यहरु पनि गर्दै आएकी छिन् ।

पवन सुसिलिङ्गको छायाँकन तथा सम्पादन तथा दिपक आचार्यको निर्देशन भिडियोमा रहेको छ । ‘मंहगी ले मार्यो बरि लै ’ गीतको भिडियोमा सामरिका ,स्मारिका , विनु अधिकारी र रश्मी पाण्डेको अभिनय रहेको छ । साथमा बाल कलाकारहरु काव्या बास्कोटा र कृलाभा बास्कोटाको समेत अभिनय देख्न सकिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट