‘गुड लक जेरी’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ साउन १ मा प्रकाशित

काठमाडौँ । बलिउड अभिनेत्री जाह्नवी कपूर अभिनित फिल्म ‘गुड लक जेरी’को ट्रेलर सार्वजनिक भएको छ।

जाह्नवी कपूर सोझी युवतीको रुपमा प्रस्तुत छिन्। तर उनै सोझी युवती आमालाई क्यान्सर भएपछि ड्रग्स कारोबारमा संलग्न हुन्छिन्।

सिद्धार्थ सेनले निर्देशन गरेको फिल्ममा जाह्नवीसँगै दीपक डोब्रियाल, मीता वशिष्ठ, निरज सूद, सुशान्त सिंहलगायत कलाकारको अभिनय छ। यो फिल्मको कथा पंकज मित्रले तयार पारेका हुन्।

रंगराजन रामाबर्दनले छायांकन गरेको फिल्मलाई प्रकाशचन्द्र साहो र जुविन सेखले सम्पादन गरेका छन्। यो फिल्म २०१८ मा आएको तमिल फिल्म ‘कोलामाभु कोकिला’को रिमेक हो। फिल्म २९ जुलाईमा डिज्नीप्लस हटस्टारमा प्रदर्शन हुनेछ।

धेरै पढिएका

पछिल्ला अपडेट