खेम सेञ्चुरीका एकैदिन दुईवटा तीज गीत रिलिज

रंग नेपाल २०७९ साउन १ मा प्रकाशित

काठमाडौँ । तीज आउन डेढ महिना बाँकी छ । युट्युबमा भने केही साता अघिदेखि नै तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । सार्वजनिक मात्र होइन्, बजारमा तीज गीतहरू घन्किन समेत थालिसकेका छन् ।

साउन लागेसँगै तीज गीत सार्वजनिक हुने क्रम अझ बढेको छ । साउनको पहिलो दिन आइतवार आधा दर्जन बढी तीज गीतहरू सार्वजनिक भएका छन् । गायक एवं सर्जक खेम सेञ्चुरीका मात्रै आइतवार एकैदिन दुईवटा तीज गीत सार्वजनिक भएका छन् ।

उनको संगीत, स्वर एवं अभिनयमा ‘छोरीको मर्म’ बोलको तीजगीत सार्वजनिक भएको छ । यो गीत बालगायिका कमला घिमिरेको ‘लरीलरी लै’ भाग ३ का रूपमा ल्याइएको हो । दुई वर्षअघि खेम र कमलाको स्वरमा सार्वजनिक ‘लरीलरी लै’लाई स्रोता दर्शकले निकै रुचाएका थिए ।

नेत्र अर्यालको शब्द रहेको ‘छोरीको मर्म’मा खेम, कमलासँगै जानुका तामाङले स्वर दिएकी छन् । प्रकाश भट्टको निर्देशनमा तयार भिडियोमा खेम र कमला स्वयंका साथमा सरस्वती फूयाँलको अभिनय छ ।

आइतवार सार्वजनिक खेमको अर्को तीज गीत हो, ‘हेरन मायाले’ । खेम र खुश्वु सुनारको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द, नन्दु परियारको संगीत छ ।

धेरै पढिएका

पछिल्ला अपडेट