‘योगमायाको जीवनी र योगदान’ सार्वजनिक

रंग नेपाल २०७९ साउन २ मा प्रकाशित

काठमाडौँ । ‘योगमायाको जीवनी र योगदान’ नामक कृति सार्वजनिक गरिएको छ ।

पुस्तकमा योगमायाले समाज सुधारमा गरेको योगदान, तत्कालीन समाजको चेतनाको स्तर, यसले राणाशासनमा परेको प्रभावलगायतका विविध आयाम समेटिएका छन् ।

८० जनाभन्दा बढी नेपाली लेखकले कलम चलाएको यस पुस्तकको सम्पादन लेखनाथ भण्डारीले गरेका छन् । भोजपुर जिल्लाको नेपालेडाँडा मझुवाबेँसीमा बसेर योगमाया र उनका अनुयायीले साधना र बलिदानीको काम गरेका थिए ।

योगमायालाई विद्रोही चेत भएकी, समाज सुधारक, राजनीतिज्ञ, अग्रगामी विचारक, मानवीय न्यायको पक्षमा तथा अत्याचारका विरुद्ध निर्भीक लडाकू एक साहसी महिलाका रूपमा लिइन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट