‘काठे भाकैले’ सार्वजनिक

रंग नेपाल २०७९ साउन २ मा प्रकाशित

काठमाडौँ । गीतकार तथा कवि अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ ।

सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहिमा श्रेष्ठको स्वर, राजु कार्कीको एरेन्ज एवं प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा आर्यन खरेल र सिर्जना श्रेष्ठको अभिनय छ । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

‘एउटा राम्रो गीत र यसको भिडियो बनेको छ, श्रोता-दर्शकले मन पराउनेमा आशावादी छौं’, सर्जक वान्तुले भने । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट