‘राधा’को तिज विशेष गीत ‘पाउमा पाउजु’

रंग नेपाल २०७९ साउन ३ मा प्रकाशित

काठमाडौँ । सुवर्ण थापाको निर्देशनमा बनेको फिल्म ‘राधा’को तिज विशेष गीत ‘पाउमा पाउजु’ सार्वजनिक भएको छ। सोमबार फिल्मको तिज विशेष गीत सार्वजनिक भएको हो।

श्रृजना खत्रीले लेखेको गीतलाई कालीप्रसाद बास्कोटाले संगीतबद्ध गरेका छन्। गीतमा सज्जा चौलागाई र स्वस्तिका ढकालको आवाज रहेको छ। सञ्जय लामाले खिचेको गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री श्रृष्टि श्रेष्ठसँगै प्रियंका कार्कीको अभिनय रहेको छ।

भदौ १० मा प्रदर्शनमा आउन लागेको ‘राधा’ सुवर्ण थापाको निर्देशनसँगै लेखनमा बनेको फिल्म हो। सौगात मल्ल, देवकी विष्ट तथा विक्रम दास जोशीको लगानी रहेको फिल्ममा श्रृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ।

धेरै पढिएका

पछिल्ला अपडेट