शिव परियारको नयाँ गीत ‘लेख्छ कस्ले मर्ने मिति’ सार्वजनिक

रंग नेपाल २०७९ साउन ३ मा प्रकाशित

काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ बोलको गीत सार्वजनिक भएको छ । प्रिन्स लियोको शब्द रहेको गीतमा नेहर बुढाथोकीको संगीत छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् ।

गीतको भिडियोमा प्रिन्स लियो र बिना राउतको अभिनय देख्न सकिन्छ । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले बिछोडिएको परिवारको कथा भिडियोमा देखाइएको छ । भिडियोमा प्रिन्स र बिनाका अलावा बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको पनि अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट