‘बबली बाउन्सर’ को रिलिज मिति घोषणा

रंग नेपाल २०७९ साउन ४ मा प्रकाशित

फिल्म निर्देशक मधुर भण्डारकरको आगामी फिल्म ‘बबली बाउन्सर’ को रिलिज मिति घोषणा गरिएको छ । यससँगै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको छ ।

फिल्म २३ सेप्टेम्बर २०२२ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ। स्टार स्टुडियो र जंगली पिक्चर्सले यसको रिलिज मिति घोषणा गरेको हो ।

यो फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा पनि रिलिज हुने बताइएको छ । यस फिल्ममा तमन्ना भाटिया मुख्य भूमिकामा देखिने भएकी छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट