‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ साउन ४ मा प्रकाशित

काठमाडौँ । गोपिकृष्ण प्रोडक्सनका लागि उद्धव पौडेलद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार गोपिकृष्ण सिनेमा हलमा आयोजित एक समारोहमा फिल्मको सवा तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ओएसआर डिजिटलको यूट्युब च्यानलबाट उक्त ट्रेलर सार्वजनिक भैसकेको छ ।

फिल्मको ट्रेलरमा मुख्य पात्र सौगात मल्ल तथा सृष्टि श्रेष्ठ छाएका छन् । कमेडी शैलीमार्फत हुने ट्रेलर फिल्मको कथा झैं अघि बढेर ट्राजेडीमा टुंगिएको छ ।

फिल्ममा दम्पत्तिको रुपमा प्रस्तुत भएका सौगात र सृष्टिले पैसाका लागि भाडाको कोख बेच्ने निर्णय गरेसंगै कथामा ट्वीस्ट आएको ट्रेलरमा देखाइएको छ ।

भाडाको कोखबाट सन्तान जन्मिएपछि कसरी सृष्टिको मन परिवर्तन हुन्छ र त्यसपछि उनीहरुको जीवनमा के–कस्ता संकट आइलाग्छन् भन्ने विषयलाई पनि टे«लरमा समेटिएको छ ।

यही भदौ ३ गते अर्थात कृष्णजन्माष्ठमीको दिनदेखि प्रदर्शन प्रारम्भ हुने यो फिल्मलाई रन्जीत रौनियारले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनैले लेखेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट