म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक

रंग नेपाल २०७९ साउन ५ मा प्रकाशित

काठमाडौँ । कलाकारिता विषयलाई उठान गरिएको म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ । यस गीतमा गायक केतन क्षत्रीको सुमधुर स्वर सुन्न सकिन्छ ।

सो भिडियोमा गीतकार रमेश लुइँटेलकोे शब्द र हेमन्त शिशिरको सङ्गीत रहेको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय हेर्न पाइन्छ ।

‘उड मेरो पन्छी पखेटालाई थाम्दै’, ‘सपना तिम्रो आकाश छुने, स्वतन्त्र भई’, ‘मलाई छोडी तिमी आफ्नो’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

सुजन श्रेष्ठले छायाङ्कन गरेको सो भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको हो । मुनाल शिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको जनाइएको छ ।

भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन दर्शक श्रोतालाई आग्रह गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट