१२ अर्ब ८० करोड पारिश्रमिकसंगै टम क्रुज बने विश्वकै महंगो अभिनेता

रंग नेपाल २०७९ साउन ५ मा प्रकाशित

काठमाडौँ । हलिउड अभिनेता टम क्रुज विश्वकै महंगो अभिनेता बनेका छन् । विश्व बजारमा अहिले पनि प्रदर्शन भइरहेको फिल्म ‘टपगन : माभेरिक’बाट १०० मिलियन अमेरिकी डलर (१२ अर्ब ८० करोड रुपैयाँ) पारिश्रमिक लिएसँगै उनी विश्वकै महंगो अभिनेता बनेका हुन् ।

भेराइटी म्यागजिनले बिहीबार पारिश्रमिकको आधारमा हलिउडका २६ फिल्म कलाकारको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा रहेका क्रुजअभिनित ‘टपगन’को दोस्रो श्रृंखलाले अहिलेसम्म विश्व बक्स अफिसमा १.२ बिलियन डलर कमाइसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट