‘काली’ लिएर आए गायक रामकृष्ण ढकाल (भिडियो)

रंग नेपाल २०७९ साउन ६ मा प्रकाशित

काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वरमा रेकर्ड भएको ‘काली’ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु चिन्तामणि सिवाकोटीले रचना गरेका छन् । पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन् ।

बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । वियोगान्त भावको उक्त गीतको भिडियोमा गायक ढकालसहित नम्रता सापकोटा, दिपेश ढकाल तथा दिपेन गौतम माइकलले अभिनय गरेका छन् ।

सुव्रतराज आचार्य यो भिडियोका निर्देशक हुन् । उत्सव दाहालको छायांकनको यो भिडियोलाई विकास दाहालले सम्पाद गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट