युरोपका ४४ देशमा एकैसाथ प्रर्दशन हुँदै प्रेमगन्ज

रंग नेपाल २०७९ साउन ८ मा प्रकाशित

काठमाडौँ । चलचित्र प्रेमगन्ज जर्मनी लगायत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन हुने भएको छ।

अहिलेसम्मको नेपाली चलचित्रको इतिहास हेर्ने हो भने धेरै चलचित्र बिदेशमा पर्दशन त भएका छन्। तर नेपालीले नेपाली कम्युनिटीमा नै ब्यक्तिगत रूपमा टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन गर्ने गरिएको छ।

तर अब ‘प्रेमगन्ज’ भने सार्वजनिक रूपमै विदेशी चलचित्र सरह विदेशी दर्शकहरू माझ थिएटर मै प्रदर्शन हुने भएको छ। अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको यो नेपाली इतिहास मै पहिलो पटक हो।

प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुने छ। चलचित्र प्रेमगन्जलाई जर्मनी अवस्थित लोकह फिल्म इन्टरटेन्मेन्टले युरोपमा प्रदर्शन गर्दै छ।

धेरै पढिएका

पछिल्ला अपडेट