चार वर्षपछि बन्ने भयो ‘चङ्गाचेट’ को सिक्वेल

रंग नेपाल २०७९ साउन ८ मा प्रकाशित

काठमाडौँ । नेपालीचलचित्र ‘चङ्गाचेट’ को सिक्वेल बन्ने भएको छ। चार वर्ष अघि बक्स अफिसमा सफल मानिएको ‘चङ्गाचेट’ को सिक्वेल निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा दर्ता गराएकी हुन्।

नाम दर्तापछि शर्मिलाले सामाजिक सञ्जाल मार्फत फिल्म निर्माणको औपचारिक घोषणा गरेकी हुन्।

उनले लेखेकी छिन् ‘अगाडि निर्माण भएको चलचित्र ‘चङ्गाचेट’को अत्याधिक सफलतापछि डिएस डिजिटलद्वारा हामीले अब तुरुन्तै ‘चङ्गाचेट-२’ निर्माण गर्दैछौँ। यो चलचित्र पुर्ण रुपमा दर्शकको चाहना र रुची अनुसार निर्माण गर्ने छौँ।’

धेरै पढिएका

पछिल्ला अपडेट