सुदिन पोखरेल ल्याए ‘बौवा रे’

रंग नेपाल २०७९ साउन ८ मा प्रकाशित

काठमाडौँ, ८ साउन । हाल अस्ट्रेलियाको सिडनीलाई कर्मथलो बनाएका गायक सुदिन पोखरेलले आफ्नो नयाँ गीत ‘बौवा रे’ सार्वजनिक गरेका छन्।

गायक पोखरेलले आफ्नो युट्युब च्यानल मार्फत उक्त गीतको भिडिओ सार्वजनिक गरेका हुन्।

सुदिन पोखरेलकै शब्द रहेको उक्त गीतको भिडियो निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका हुन्। उनले गीतलाई देशी र्‍याप फर्म्याटमा बाहिर ल्याएका छन्।

विराटनगरमा आफ्नो बाल्यकाल बिताएका सुदिनले आफूले देखेको र भोगेको विषय समेटेर फरक शैलीमा विराटनगरीया स्टाइलमा उक्त गीत सार्वजनिक गरेको बताए।

हेर्नुहोस् भिडिओ :

धेरै पढिएका

पछिल्ला अपडेट