दीपक र दीपाको ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु

रंग नेपाल २०७९ साउन ९ मा प्रकाशित

काठमाडौँ, ९ साउन । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्ने नयाँ फिल्म ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु भएको छ । निर्माण युनिटले सोमबार सूर्यविनायक मन्दिर भक्तपुरमा पूजा गर्दै फिल्मको छायाँकन सुरु गरेको हो ।

दीपकराज गिरी, बेनिशा हमाल र मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय फिल्म रहनेछ । हेमराज विसीको निर्देशन रहने फिल्ममा ‘६ एकान ६’ बाट दीपक–दीपा समूहसँग जोडिएर काम गर्दै आएका जितु नेपाल भने यसपटक रहेका छैनन् ।

धेरै पढिएका

पछिल्ला अपडेट