नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’ कात्तिक मा रिलिज हुने

रंग नेपाल २०७९ साउन ९ मा प्रकाशित

काठमाडौँ । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’ आगामी कात्तिक २५ गते रिलिज हुने भएको छ । निर्देशक सुरज वर्जत्यले सोमबार फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् ।

अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको ‘उचाई’को छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो । नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ ।

नेपालमा तीन साता खिचिएको फिल्मले २० करोड रुपैयाँभन्दा बढी खर्च गरिएको नेपाल व्यवस्थापन हेरिरहेकाहरु बताउँछन् । मित्रताको कथा भन्ने यो फिल्मले तीन प्रमुख पात्रको नेपाल घुमघामको कथा पेश गर्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट