राधा ट्रेलर : श्रीमानको पर्खाइ र खोजीमा राधा

रंग नेपाल २०७९ साउन ९ मा प्रकाशित

काठमाडौँ  । श्रीमानको पर्खाइ र खोजीमा रहेको एकल महिलाको कथामा आधारित फिल्म ‘द सेक्रेट अफ राधा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

एकल महिलाको संघर्षलाई फिल्ममा देखाइने छ भदौ १० गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘राधा’ ले पनि वैदेशिक रोजगारीकै विषय उठाएको छ । ट्रेलरले खुलेर यो कुरा देखाउन चाहेको छैन तर सृष्टि श्रेष्ठको चरित्रले यही कुराको संकेत गर्छ ।

पछिल्लो समय अभिनयमा पोख्त भनिएका अभिनेताहरूको हालीमुहाली रहेको फिल्ममा सृष्टिसहित सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, दयाहाङ राई, निश्चल बस्नेतको अभिनय छ । फिल्ममा दयाहाङ र निश्चल अतिथि भूमिकामा छन्।

यस फिल्ममार्फत अभिनेता सौगात पहिलोपटक निर्माताको रुपमा आउँदैछन् । कालिप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मलाई निर्देशक समेत रहेका सुवर्ण थापा स्वयंले लेखेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट