आलियाको फिल्म ‘डार्लिङ्स’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ साउन ९ मा प्रकाशित

अभिनेत्री आलिया भट्टको प्रोडक्सन हाउसको डेब्यु फिल्म ‘डार्लिङ्स’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुनेछ । ट्रेलरमा आलिया भट्ट ड्यासिङ स्टाइलमा देखिएकी छिन् ।

ट्रेलरमा उनी घरेलु हिंसाको सिकार देखिएकी छिन् तर योसँगै उनी पतिको अत्याचारबाट त्रसित भएर बदला लिने शैलीमा पनि देखिएकी छिन् ।

यस फिल्ममा आलियाका अलावा शेफाली शाह, विजय वर्मा, रोशन म्याथ्यू र राजेश शर्मा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट