सञ्चारकर्मी सन्तोष र अनुष्का देउजाको अभिनयमा ‘अलमल माया’ को भिडियो सार्वजनिक

रंग नेपाल २०७९ साउन १० मा प्रकाशित

चितवन । सञ्चारकर्मी सन्तोष देउजा र उनकी श्रीमती अनुष्का देउजाको अभिनयको अभिनय रहेको गीत ‘अलमल माया’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द देउजाको नै रहेको छ भने प्रदीप त्रिपाठीले संगीत दिएका छन् । पछिल्लो समयकी व्यस्त र चर्चित गायिका शान्तिश्री परियार र कृष्ण केसीले गीतमा स्वर दिएका छन् ।

भिडियोमा श्रीमान र श्रीमतीबिचको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरिएको छ । विवाह जस्तो जिन्दगीको महत्वपूर्ण पाटोलाई खेँलाचीको रुपमा लिने प्रवृतिमाथि भिडियोले प्रहार गरेको छ ।

सम्बन्धमा आउने ससाना असमझदारीहरुले जिन्दगीमा ठूलो प्रभाव पार्न सक्ने भन्दै समाजलाई सचेत बनाउने र एकअर्काप्रतिको विश्वास बढाउने अभिप्रायले भिडियो बजारमा ल्याएको गीतका लेखक तथा कलाकार देउजाले बताए ।

गीतको भिडियोलाई सन्तोष देउजाले नै निर्देशन गरेका छन् । भिडियोलाई विष्णु परियारले छायांकन तथा सम्पादन गरेका हुन् । गीतको भिडियोलाई चितवनको नारायणी किनार, बटुली पोखरी र सन्तोष देउजाको घरमा नै छायांकन गरिएको छ ।

‘द डिभाईन म्युजिक’ नामक च्यानलमार्फत सोमबार सार्वजनिक भएको हो ।

भिडियो:

धेरै पढिएका

पछिल्ला अपडेट