काठमाडौँ । गायिका मञ्जु रसाइलीद्वारा स्वरबद्ध तीज गीत रातो सारी लाउने हो भिडियोसहित अमेरिकाबाट सार्वजनिक भएको छ।
गीतमा मञ्जुलाई पवि खड्का र शशी केसीले स्वरमा साथ दिएका छन्। समुन कार्कीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो मंगलबार सम्राट क्रियसन युट्युब च्यानलबाट रिलिज गरिएको छ।
गीतको भिडियो अमेरिकाबाटै तयार गरिएको हो। निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन शहरमा गीतको भिडियो तयार गरेका हुन्।
भिडियोमा बारुनी पाण्डे, सन्ध्या उप्रेती, आकृति खड्का, विभू सापकोटासहित विभिन्न महिला कलाकारको नृत्य छ। हामीले यो गीतको रेकर्डिङ तथा भिडियो निर्माण अमेरिकामै गरेका हौँ ।