वसन्त लम्सालले ल्याए ‘भाँच कम्मर भाँच‘

रंग नेपाल २०७९ साउन ११ मा प्रकाशित

काठमाडौँ । गायक वसन्त लम्सालले महिलाहरुको महान पर्व तीजको अवसर पारेर आफ्नो नयाँ गीत ‘भाँच कम्मर भाँच’ को भिडियो सार्वजनिक गरेका छन् ।

यो गीतमा गायक लम्साललाई सपना गाहा, लक्ष्मी पुन तथा लालुमाया पुन थापाले गायनमा साथ दिएका छन् । यो गीतमा गायक लम्सालकै शब्द तथा लय संकलन रहेको छ । विश्वास नेपाल यो गीतका संगीत संयोजक हुन् ।

गीतको म्युजिक भिडियोमा सरोज पुर्जा, सुमन परियार, शेखर घर्ती आदि कलाकारले अभिनय तथा नृत्य गरेका छन् । काजिश श्रेष्ठको निर्देशनमा बनेको उक्त गीत दीपक विष्टले सम्पादन तथा अजय रेग्मीको छायांकन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट