अग्रज देउडा गायक तथा सर्जक हरिशचन्द्र कडायतको निधन

रंग नेपाल २०७९ साउन ११ मा प्रकाशित

काठमाडौँ । सुदूरपश्चिमको विशिष्ट मौलिक भाका देउडाका अग्रज गायक तथा सर्जक हरिशचन्द्र कडायतको निधन भएको छ ।

मस्तिष्कघातका कारण बुधवार उपचारका क्रममा उनको निधन भएको हो । उनको केही समयदेखि अस्पतालमा उपचार भइरहेको थियो ।

बझाङ निवासी कडायत लामो समयदेखि देउडा सिर्जना एवं गायनमा सक्रिय थिए । उनको निधनमा देउडा क्षेत्रका कलाकारले दुःख व्यक्त गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट