खगेन्द्रको फिल्म ‘पानीफोटो’को बुकिङ खुल्यो

रंग नेपाल २०७९ साउन ११ मा प्रकाशित

काठमाडौँ । खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ शुक्रवारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ ।

चलचित्र प्रदर्शन हुन २ दिन बाँकी रहँदा अग्रिम टिकट बुकिङ खुला गरिएको छ । बुधवार दिउँसोदेखि मल्टिप्लेक्स हलहरूमा चलचित्रको अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

चलचित्र हेर्न चाहने दर्शकले अनलाइनमार्फत आफूलाई पायक पर्ने हलको टिकट बुक गर्न सक्नेछन् । अभिनेता खगेन्द्रले अग्रिम बुकिङ खुलिसकेको बताउँदै अनलाइन एप र वेबसाइटमार्फत टिकट लिएर आफ्नो सिट सुरक्षित गर्न सक्ने बताएका छन् । चलचित्र सेन्सर पास भइसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट