आँचल र विवेकको फिल्म ‘वर एन्ड वधु’ को छायांकन रोमानियामा हुँदैछ

रंग नेपाल २०७९ साउन १२ मा प्रकाशित

काठमाडौं । मिलन चाम्स निर्देशित रोमान्टिक फिल्म ‘वर एन्ड वधु’ छायांकन अहिले युरोपेली मुलुक रोमानियामा भैरहेको छ ।

बुधबारसम्म यास सहरमा भैरहेको छायांकन बिहीवारदेखि कन्सटंगा सहरमा सुरु हुने जानकारी निर्देशक चाम्सले दिए । आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्मको अझै पाँच दिन रोमानियामै छायांकन हुनेछ ।

यसैसाता त्यहाँको सुटिङ सकेर फिल्म क्रिउ काठमाडौं फर्कने तयारीमा छ । ‘यहाँ सुटिङ गर्नु निकै आरामदायी भैरहेको छ । निकै रमाइलो । लोकेसनको कारण यो फिल्मले बेन्चमार्क खडा गर्नेछ’ चाम्सले भने ।

धेरै पढिएका

पछिल्ला अपडेट