झिँगेदाउको दोस्रो लिरिकल गीत ईश्वरसँग पनि सार्वजनिक

रंग नेपाल २०७९ साउन १२ मा प्रकाशित

काठमाडौँ । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म झिँगेदाउको दोस्रो लिरिकल गीत ईश्वरसँग पनि सार्वजनिक गरिएको छ।

अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर रहेको छ भने भिडियोमा फिल्मका चल अचल दृश्य समावेश छ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुसाल, कुशल विष्ट र हिउँवाला गौतमलाई समेटिएको छ। फिल्ममा केकी र आँचल जेठानी देउरानीको भूमिकामा देखिएका छन्।

धेरै पढिएका

पछिल्ला अपडेट