कन्हैया सिंह र अञ्जना गुरुङको ‘नजर नजरको’ सार्वजनिक

रंग नेपाल २०७९ साउन १३ मा प्रकाशित

काठमाडौँ । गायक तथा संगीतकार कन्हैया सिंह र अञ्जना गुरुङको स्वरमा रहेको नजर नजरको बोलेको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो ।

गीतको संगीत र रचना वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले गरेका छन् । त्यस्तै भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा नायक पुष्प खड्काको साथ पहिलोपटक कन्हैया सिंहकी छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छन् ।

कार्यक्रममा संगीतकार बास्कोटाले जहाँ बसे पनि नेपाली गीत, संगीतलाई माया गर्नुपर्ने बताए । उनले गीतका शब्दहरू नेपाली लोकगीतका भाषालाई प्रयोग गरेर कोरिएको बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट