उत्तमको निर्देशन रहेको ‘चौतारीमा लर्के बर’ सार्वजनिक

रंग नेपाल २०७९ साउन १३ मा प्रकाशित

काठमाडौँ । अम्बिका बस्नेत र रामकुमार नेपालीको स्वरमा रहेको तीज गीत ‘चौतारीमा लर्के बर’ सार्वजनिक भएको छ । अम्बिकाकै शब्द, शारदा रसाइलीको लय र नारायण दंगालको एरेञ्ज रहेको गीतको भिडियो पनि बनेको हो ।

वरिष्ठ कलाकार उत्तम केसीको निर्देशन रहेको भिडियोमा शोभा त्रिपाठी, निक शर्मा, विपना बस्नेत र देवराज बस्नेतको अभिनय तथा नृत्य छ । निरेन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोलाई देवराज बस्नेतले निर्माण गरेका हुन् ।

राम केसीको छायाँकन र राजकुमार मगरको सम्पादन भिडियोमा छ । ब्राण्ड यु पिक्चर्सको उत्पादन रहेको भिडियो चुईचुई पारेर युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट