‘छक्कापञ्जा ४’ सुटिङबाट बाहिरियो दीपकराज गिरीको लुक्स

रंग नेपाल २०७९ साउन १४ मा प्रकाशित

काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सेटबाट दीपकराज गिरीको लुक्स बाहिरिएको छ । टिकटकमा सार्वजनिक भिडियोमा चारखाल सुधार गृहबाट रिहा भएका राजा पात्रलाई पञ्जैबाजासहित स्वागत गरिएको दृश्य देख्न सकिन्छ ।

फिल्ममा दीपकले राजा पात्रको भूमिकामा अभिनय गरेका छन् । बहिरिएको लुक्समा दीपकलाई लामो कपाल र नीलो सर्ट-पाइन्टमा देख्न सकिन्छ । छायांकार नरेन्द्र मैनालीले फिल्म खिचिरहेका छन् ।

कोरस कलाकारलाई समेत पञ्जैबाजा बजाइरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा शिशिर बाङ्देलले ‘अनि राजा चाहिँ खोइ त’ भनेर सोधिरहेका छन् भने बेनिशा हमालले ‘ऊ आउँदै हुनुहुन्छ’ भनेर संवाद गरिरहेका छन् ।

छक्कापञ्जा ३’पछि चौंथो श्रृंखलामा दीपक यही दृश्यमार्फत कमब्याक भएका छन् । छायांकन सुरु भएको तीन दिनमै मुख्य पात्र समेत रहेका दीपकराज गिरीको लुक्स बाहिरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट