पोष्ट प्रोडक्सनमा ‘के घर के डेरा’

रंग नेपाल २०७९ साउन १४ मा प्रकाशित

काठमाडौँ । निर्देशक दीपेन्द्र के खनालको नयाँ फिल्म ‘के घर के डेरा’ को डविङ थालिएको छ । शुक्रबार अभिनेता विपिन कार्कीले डविङ गर्दै फिल्मको पोष्ट–प्रोडक्सनको कामको थालनी गरेका छन् ।

निर्देशक खनालले आफ्नो सोच अनुसार फिल्मका कलाकारले आफूलाई साथ दिएकाले ‘के घर के डेरा’ राम्रो बन्ने कुरामा विश्वस्त रहेको बताए ।

कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भैरहेको हो । युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् ।

सिंगे लामाको कथा रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट