भारतीय कलाकार मिथिलेश चतुर्वेदीको निधन

रंग नेपाल २०७९ साउन १९ मा प्रकाशित

काठमाडौँ । भारतीय कलाकार मिथिलेश चतुर्वेदीको निधन भएको छ। हृदयघातका कारण उनको बुधबार राती निधन भएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणमा उल्लेख छ।

उनलाई हृदयघात भएपछि उपचारका लागि उनको गृहनगर लखनऊमा लगिएको थियो। मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

मिथिलेशले आफ्नो करिअरमा थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेका छन्। उनले ुकोई मिल गया, गदर, सत्या, बन्टी और बबलीु जस्ता फिल्ममा काम गरेका छन्।

धेरै पढिएका

पछिल्ला अपडेट