प्रतियुशा बोहराललाई मिस नेपाल नर्थ अमेरिका २०२२ को ताज

रंग नेपाल २०७९ साउन २३ मा प्रकाशित

विजय थापा

न्यूयोर्क । न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता बनिन प्रतियुशा बोहरा बिजेता बनेकी छन् ।

गत अगस्त ६ शनिबारका दिन न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्प्रर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि हासिल गरेकी हुन् ।

यसैगरी, प्रथम विजेता आन्या थापा तथा द्वितीय बिजेता दिव्या पन्त भएका छन । अगस्त १ देखि अगस्त सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ६ का शनिवारका समापन समारोहमा विजेताहरुको घोषणा गरिएको थियो ।

१४ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागिता भएका थिए ।

पहिलो चरणमा १४ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुतिपछि दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०२२ का बिजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

१४ जना प्रतियोगीहरुमा आन्या थापा कोलोराडो, बिष्णु मिश्रा ओहायो, दिया पन्त पेनसेलभेनिया, मिङ्ग्मा शेर्पा न्ययोर्क, राजीना कार्की न्यू मेक्सिको, रिया बराल क्यान्सस, सारा कार्की टेक्सस, सरोज तामाङ्ग मिसिगन, शिला बस्नेत सान फ्रान्सिस्को, शिभालिका भण्डारी टेक्सस, प्रतियुषा बोहरा टेक्सस, स्वस्तिका लयालु टेक्सस, छिरिंग शेर्पा न्यूयोर्क तथा जानकी राई न्यूयोर्क रहेका थिए ।

आयोजना भएको मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्वनेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारीको मुख्य कोरियोग्राफर रहेकी थिइन् भने उनले यस वर्षासहित चौथो पटक कोरियोग्राफरको जिम्मेवारी पाएकी थिइन् ।

निशा पाठक तथा साहना बज्राचार्य द्वय कार्यक्रम प्रस्तोता रहेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ का आधिकारिक छायाँचित्रकार नाम्लो ईभेन्ट्सका विक्रान्त श्रेष्ठ रहेका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२२ मा सहभागी हुन नेपाल सुन्दरी प्रियंका रानी जोशीको उपस्थिति रहेको थियो भने उनको भूमिका बिशेष अतिथिको रुपमा रहेको थियो ।

निर्णायकाहरुमा साथै हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री, जोली अमात्य, सञ्जय कोइराला, निती शाह, राजु श्रेष्ठ, नायिका स्वस्तिमा खड्का, तेन्जिग पाल्देन तथा उज्जवल सिह रहेका थिए ।

प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो ।

१२ वर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट