हट मोडेल अनिता फिचर्ड आइटम गीत ‘ढल्केला ढल्केला’ को म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ साउन २७ मा प्रकाशित

काठमाडौं । गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक कमल खत्री र अनिता लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोमा लन्डन निवासी चर्चित मोडेल अनिता लिम्बुलाई हट अवतारमा प्रस्तुत गरिएको छ ।

कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको ‘ढल्केला ढल्केला’को भिडियोलाई मोडेल एवम् यही भिडियोकी निमात्री अनिता लिम्बुको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

साथै गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाइ रू. १० हजार पुरस्कार पनि प्रदान गरिने निमात्री लिम्बुले जानकारी दिएकी छिन् । जसका लागि भिडियो बनाएर टिकटक एकाउन्ट anitalimbu83 मा इनबक्स गर्नु पर्ने छ ।

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधिहरू पनि जितिसकेकी मोडेल अनिता लिम्बुले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट