जान्नुहोस् सेक्सबारे रोचक १५ तथ्य, तपाईंलाई अचम्मित पार्छन्

रंग नेपाल २०७९ साउन २९ मा प्रकाशित

काठमाडौं । नेपाली समाजमा अझै पनि यौनका विषयमा कुराकानी हुँदैन ।

यद्यपि प्रविधिको विकाससँगै व्यक्तिगत रुपमै मानिसहरुले गुगलमार्फत केही जानकारी लिने गर्दछन् । यद्यपि त्यस्ता जानकारीहरु सतही हुन्छन् । संसारमा सेक्स गोप्य र व्यक्तिगत विषय भएपनि मानिसहरु यस विषयमा जान्न निकै उत्साहित हुन्छन् ।

यहाँ सेक्ससम्बन्धी केही यस्ता रोचक तथ्यहरु प्रस्तुत गरिएका छन् ।

हेर्नुस् सेक्ससम्बन्धी १५ रोचक तथ्यः

१. कयौं महिलाहरु बच्चा जन्माउने समयमा यौन उत्तेजनाको महसुस गर्दछन् । आफ्नो जीवनमा कम मात्रै महिलाहरु यौन उत्तेजनाको उत्कर्षमा पुगेका हुन्छन् । यो किनपनि हुन्छ भने पुरुषलाई आफ्नो यौनसाथीको भन्दा बढी आफ्नै सन्तुष्टिको बढी मतलब हुन्छ ।

२. यौन सम्पर्कको क्रममा जब पुरुषको वीर्यस्खलन हुन्छ, त्यतिबेला यसको गति २८ माइल प्रतिघन्टा हुन्छ । अहिलेसम्म विश्व रेकर्ड २२.९ माइल प्रतिघन्टाको मात्र छ ।

३. ५ प्रतिशत पुरुष दिनमा मात्र एक पटक यौन सम्पर्क गर्दछन् । २० प्रतिशत पुरुष हप्तामा ३ देखि ४ पटक यौन सम्पर्क गर्दछन् ।

४. सेक्सको क्रममा पुरुषको लिंग र महिलाको स्तनको आकारमा वृद्धि हुन्छ । यससँगै नाकको भित्री भाग पनि सेक्सको क्रममा फुल्दछ ।

५. २०१२ को लण्डन ओलम्पिक खेल १७ दिनसम्म चलेको थियो । यसमा भाग लिने खेलाडीलाई १ लाख ५० हजार कन्डोम निशुल्क वितरण गरिएको थियो । यसको औसत हुन्छ, प्रति खेडाली १५–१५ वटा कन्डोम बाँडिएको थियो ।

६. २००८ मा एक पुरातत्ववेत्ताले साइप्रसमा ७ औं शताब्दीमा लेखिएको श्राप शिलालेख जमिनमा गाडिएको अवस्थामा भेट्टाएका थिए । शिलालेखमा लेखिएको श्राप थियो– ‘यौन सम्पर्क गर्ने बेलामा भगवानले तेरो लिंगमा पिडा दिउन् ।’

७. जर्मन भाषामा गर्भनिरोधक शब्दलाई यति लामो र अप्ठेरो शब्दमा भनिन्छ कि उनीहरुलाई त्यो कण्ठस्थ सुनाउन मुस्किल हुन्छ ।

८. यौन सम्पर्कको बेला स्तनको आकार २५ प्रतिशतभन्दा बढी बढ्दछ ।

९. एक चम्चा विर्यमा ५ क्यालोरी शक्ति हुन्छ । तर यसको अर्थ तपाई त्यसलाई खानुहोस् भन्ने होइन ।

१०. विश्वमा इन्टरनेटमा खर्च हुने समयको आधाभन्दा बढी पैसा अश्लिल सामग्री हेर्नको लागि खर्च गरिन्छन् ।

११. पहिलाका मानिसहरु वीर्यको प्रयोग मसीको रुपमा गर्दथे । यसले लेखेको सजिलैसँग देखिँदैनथ्यो । यसबाट लेखिएको अक्षर पढ्न छुट्टै तरिका हुनेगर्दथ्यो । तर यसबाट छुट्टै गन्ध आउने त तपाईंलाई थाहा नै होला ।

१२. सेक्सले तपाईंलाई आनन्द मात्रै दिँदैन । वास्तवमा यसबाट दुःखाई सहने तपाईंको क्षमता पनि बिस्तार हुन्छ ।

१३. यदि यौनसम्बन्धी कम्प्युटर तथ्यांक मान्ने हो भने एकजना पुरुष एकपटकमा आफ्नो विर्यद्वारा १ लाख ५८ हजार ८ सय ७५ जिबीसम्म डिएनए सूचना दिन्छ । यसमा यतिधेरै दम हुन्छ भन्ने तपाईंले सोच्नुभएको थियो ?

१४. मादा फेरेट (नेवेल जातिकाका एक जनावर) ले एक वर्षसम्म यौनसम्पर्क गर्न पाएन भने मर्दछ ।

१५. वीर्यस्खलनपछि कमजोर भएर सुत्नुहुन्छ तर तपाईंको विर्य पाँच दिनसम्म जिउँदै रहन सक्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट