श्वेताले दिइन् शुभचिन्तकलाई खुसीको खबर

रंग नेपाल २०७९ असोज १ मा प्रकाशित

काठमाडौं । नेपाली नायिका श्वेता खड्का आमा बन्ने भएकी छन् ।

No description available.

सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत श्वेताले आफू गर्भवती रहेको जानकारी गराएकी हुन् । शनिबार इन्स्टाग्राममा दुई तस्वीर सेयर गर्दै श्वेताले आफू आमा बन्न लागेको जनाएकी हुन् ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट चलचित्र क्षेत्रमा प्रवेश श्वेताले गत वर्षको कात्तिकमा धनगढीका विजयेन्द्र सिंह राउतसँग दोस्रो विवाह गरेकी थिइन् ।

sweta khada

यसअघि श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट