ओरीफ्लेमद्वारा ब्युटिसियन सम्मानित

रंग नेपाल २०७९ असोज ३ मा प्रकाशित

काठमाडौं । स्वेडेन कस्मेटिक्स ब्राण्ड ओरीफ्लेमको नेपालस्थित आधिकारिक विक्रेता एजी इन्टरनेशनल प्राइभेट लिमिटेडले ब्युटिसियनहरुलाई सम्मान गरेको छ ।

No description available.

ओरीफ्लेमले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा चर्चित ब्युटिसियन कमला श्रेष्ठलाई एडभान्स ग्रुपका अध्यक्ष अरुण कुमार कर्णले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

No description available.

यसैगरी, ओरीफ्लेम मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल, रनर अपहरु र ख्याति प्राप्त ब्युटिसियनहरु पनि सम्मानित भएका थिए ।

ब्युटिसियनहरुलाई यसप्रकारको सम्मानले ब्युटिसियनहरु प्रोत्साहित हुने एवं सौन्दर्य व्यवसायमा उत्साह बढ्ने सम्मानित कमला श्रेष्ठले बताइन् । ओरीफ्लेम अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्राकृतिक सौन्दर्य प्रशाधन हो ।

धेरै पढिएका

पछिल्ला अपडेट