नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाई’ को पोस्टर सार्वजनिक

रंग नेपाल २०७९ असोज ४ मा प्रकाशित

May be an image of 3 people, outdoors and text

काठमाडौं । नेपालमा छायाङ्कन गरिएको बलिउड चलचित्र ‘उचाई’ को पोस्टर सार्वजनिक भएको छ ।

राजश्री प्रोडक्सनको बलिउड चलचित्र ‘उचाई’ को पोस्टरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरलाई प्रस्तुत गरिएको छ भने पृष्ठभूमिमा सगरमाथा देख्न सकिन्छ ।

नेपालको हिमालयमा सुटिङ भएको चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको प्रमुख भूमिका छ । चलचित्रमा नेपाली कलाकारले पनि अभिनय गरेका छन् ।

सुरज आर बडजात्याले निर्देशन गरेको चलचित्र नोभेम्बर ११ अर्थात कात्तिक २५ मा रिलिज हुने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट