कलाकार महादेव त्रिपाठीकी बुहारीलाई फिल्म सोसाइटी अमेरिकाद्वारा आर्थिक सहयोग प्रदान

रंग नेपाल २०७९ असोज ८ मा प्रकाशित

काठमाडौं । हाँस्यकलाकार महादेव त्रिपाठीको छोरा सनम राजकी श्रीमती केही समयअघि मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा छिन् ।

ठूलो दुर्घटनामा परेकी उनलाई उपचार गर्न धेरै रकम समेत आवश्यकता परेको, पीडित परिवार अतिनै दयनीय अवस्थामा रहेको र हाँस्यकलाकार महादेव त्रिपाठीले आर्थिक कठिनाइ भोगिरहेको हुँदा नेपाल फिल्म सोसाइटी अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाले अध्यक्ष नबराज श्रेष्ठको संयोजकत्वमा गो फन्ड सञ्चालन गरी नेपाली रुपैयाँ जम्मा पाँच लाख पाँच हजार संकलन गरी कलाकार महादेव त्रिपाठीलाइ हस्तान्तरण गरिएको छ ।

नेपाल फिल्म सोसाईटीका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ अभिनेता कृष्ण मल्ल, वरिष्ठ निर्देशक उज्जवल घिमिरे, नेपाल फिल्म सोसाइटीका महासचिव राजेश बिशुराल र नेपाल फिल्म सोसाईटीकी सदस्य दुर्गा बिसुरालले फिल्म सोसाइटीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कलाकार त्रिपाठीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

उक्त गोफण्ड अभियानमा सुनिल पाठक अल स्टेट इन्स्योरेन्स कम्पनी, डिक्की शेर्पा, शेर्पा हाउस गोल्डेन र कृष्ण सुनारले सबै भन्दा बेसी सहयोग गरेका थिए भने सम्पूर्ण अन्य सहयोगी दाताहरु सहित सम्पूर्णलाइ समेत नेपाल फिल्म सोसाइटी अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नबराज श्रेष्ठले धन्यवाद प्रकट गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट