जननेता भण्डारीको जीवनीमा आधारित म्युजिक भिडियो ‘जननेता मदन भण्डारी’ सार्वजनिक

रंग नेपाल २०७९ असोज ११ मा प्रकाशित

काठमाडौं । दिवङ्गत जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘जननेता मदन भण्डारी’ सार्वजनिक भएको छ ।

राजधानीमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको हो । गीतमा दिवङ्गत भण्डारीको राजनीतिक जीवन र उनको विचारधारालाई समेट्ने प्रयास गरिएको छ । गीतमा गायक शिशिर योगी र गायिका कोमल वलीको स्वर, बुद्धिमान परियारको शब्द तथा शिव गौतमको सङ्गीत छ ।  भिडियोमा कलाकार सुमन कार्कीले दिवङ्गत भण्डारीको भूमिकामा अभिनय गरेका छन् भने कलाकार सारिका प्रसाईंले विद्यादेवी भण्डारीको भूमिका निर्वाह गरेकी छन् ।

भिडियोमा भण्डारीको जन्म गाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिका, ढुङ्गेसाँघुस्थित उनको जन्मघर र पछि बसाइँ सरी आएको मोरङको इटहरालगायतका स्थान समेटिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट