राष्ट्रियगानका रचनाकार माइलालाई ‘डा एपिजे अब्दुल कलाम सम्मान’ दिइने

रंग नेपाल २०७९ असोज १२ मा प्रकाशित

काठमाडौं । भारतको डा एपिजे अब्दुल कलाम फाउन्डेशनले नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई उनले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मूल्याङ्कन गर्दै ‘डा एपिजे अब्दुल कलाम अवार्ड २०२२’ प्रदान गर्ने भएको छ ।

फाउन्डेशनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ औँ जन्मजयन्तीका अवसरमा आगामी १५ अक्टोबर ९असोज २९ गते० पश्चिम बङ्गालमा हुने कार्यक्रममा माइलालाई सम्मान ग्रहणका लागि निमन्त्रणा पठाइएको छ । समारोहमा भारत र नेपालका संस्कृतिकर्मीबाट सांस्कृतिक, साहित्यिक र सामाजिक गतिविधि हुने जनाइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट