अभिनेता दीलिप रायमाझी क्लबमा लोकल खोज्दै ! (भिडियो)

रंग नेपाल २०७९ असोज १२ मा प्रकाशित

काठमाडौं । अभिनेता दीलिप रायमाझी क्लबमा पुगेर लोकलको माग गर्दै मस्ति गरेका छन् । हास्यव्यङ्ग्य कलाकार एवम् गायक राजाराजेन्द्र पोखरेल र शान्तिम कोईरालाकाको आवाजमा रहेको गीतको भिडियोमा उनले लोकलको माग गरेका हुन् ।

लोकलको माग गर्दै रमाइलो शैलीमा प्रस्तुत भएका दीलिप रायमाझीलाई समारिका र स्मारिका ढकालले साथ दिएका छन् । राजा राजेन्द्र पोखरेलको शब्द संगीतमा रहेको गीतको भिडियोमा गायक पोखरेल र शान्तिम कोइरालाको समेत अभिनय रहेको छ । मदिरा सेवन गरेपछि गर्ने उटपट्याङ गतिविधीलाई गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ । शिव विक को निर्देशनमा बनेको गीतमा शिव विककै कोरियोग्राफी रहेको छ । सौरभ लामाको छायांकन रहेको गीतको भिडियोलााई मिलन विश्वकर्माले सम्पादन तथा रंगसंयोजन गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट