‘अन्तिम संस्कार’को छायाँकन ४० प्रतिशत सकियो

रंग नेपाल २०७९ असोज १६ मा प्रकाशित

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘अन्तिम संस्कार’को छायाँकन ४० प्रतिशत सकिएको छ ।

शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को केही दिनअघि मुक्तिनाथ मन्दिरमा शुभमुहर्त गरेर छायाँकन सुरू गरिएको थियो । सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायाँकन गर्न अग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका थिए ।

चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायाँकन सक्काएर काठमाडौं फर्किएको जानकारी दिएको छ । मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कार’को छायाँकन गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए ।

चलचित्रको निर्माता विनोद सुवेदी हुन् । झन्डै डेढ करोड लागत रहेको सो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, बिशाल पहारी, एवन राज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ । चलचित्रको छायाँकन बाबु श्रेष्ठले गरिरहेको छन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भइसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट