प्रज्ञा–प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त

रंग नेपाल २०७९ असोज २१ मा प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायको चारवर्षे कार्यकाल आजदेखि पूरा हुँदै छ । वि.सं. २०७५ असोज २१ गते उनीहरूको नियुक्ति भएको थियो ।

प्राज्ञ परिषद्का अरू नौ सदस्यको कार्यकाल भने आउँदो पुस १ गते सकिनेछ । प्राज्ञ डा. देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा. जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभागका प्रमुख प्रा. डा. हेमनाथ पौडेलले निमित्त सदस्यसचिवको कार्यभार वहन गर्नेछन् । रासस

धेरै पढिएका

पछिल्ला अपडेट