वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

रंग नेपाल २०७९ असोज २२ मा प्रकाशित

काठमाडौं । वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा निधन भएको हो ।

२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् ।

२०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो ।

उनले कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र  प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट