फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा नोराले प्रस्तुति दिने

रंग नेपाल २०७९ असोज २२ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छन् ।

एसियाली राष्ट्र कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने भएकी हुन् । नोराले फिफाको उद्घाटन र समापन समारोहमा आफ्नो प्रस्तुति दिने जनाइएको छ ।

यसैबीच, फिफाले विश्वकपका लागि आफ्नो गान ‘लाइट द स्काई’ सार्वजनिक गरेको छ । यो गीतमा नोरा फतेही पनि नाच्दै देखिएकी छिन् ।

नोराअघि जेनिफर लोपेज, शकिराले पनि फिफा विश्वकपमा प्रदर्शन गरिसकेका छन् ।

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप नोभेम्बर २० बाट कतारमा सुरु हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट